दफा ३३
नाबालकलाई आमासँग राख्न सकिने
(१) पाँच वर्षभन्दा कम उमेरको नाबालकको आमा कारागारमा रहनु पर्ने भएमा देहायका अवस्थामा कारागार प्रशासकले त्यस्तो नाबालकलाई निजको आमासँग कारागारमा बस्ने अनुमति दिन सक्नेछ:- (क) सम्बन्ध विच्छेद गरेकी आमा भएमा, (ख) त्यस्तो नाबालकको बाबु नभएमा वा निज पनि कारागारमा रहेको भएमा,
(ग) अदालतले त्यस्तो नाबालक निजक्रो आमासँगै कारागारमा रहनु पर्ने आदेश दिएमा, वा
(घ) त्यस्तो नाबालकको आमाले निजलाई आफूसँग राख माग गरेमा ।
(२) उपदफा (१) बमोजिम कुनै/ नाबालक कारागारमा रहेकी आमासँग बस्ने भएमा कारागार प्रशासकले आमा र बच्चालाई बस्नको लागि उपयुक्त कोठाको व्यवस्था गर्नु पर्नेछ ।